देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

’ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो बिरुद्ध फ्रेन्ड्सको सानदार जित

देशान्तर

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । च्यासल मैदानमा बिहीबार भएको खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै चर्च ब्वाइजले २१ खेलमा ३८ अंक जोडेको छ । चर्च ब्वाइज शीर्ष स्थानमा यथावत रहेको छ । मनाङले २१ खेलमा २५ अंक जोडेको छ । मनाङ ११ औं स्थानमा रहेको छ । अर्को खेलमा फ्रेन्ड्स क्लबले सानदार जित निकालेको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई ४–० गोल अन्तरले हराएको हो ।

फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे । राफिक अमिनु र प्रकाश बुढाथोकी एक एक गोल गरे । खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५५ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई ३–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४–० को जित दिलाए । फ्रेन्ड्सको यो छैटौं जित हो । फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ । सातदोबाटोले २१ खेलमा २९ अंक जोडेको छ । सातदोबाटो चौंथो स्थानमा रहेको छ ।