देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता

शंकास्पद केहीलाई अनुसन्धानमै नल्याईएको भन्दै नागरिक अगुवाहरुको आपत्ति

देशान्तर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाई अदालतमा कार्यालयमा मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।
प्रतिवादी विरुद्ध अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पनि पत्र लेख्ने निर्णय भएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कर्मचारी र सार्वजनिक ओहदामा रहेकाको हकमा अख्तियार र अन्यको हकमा सम्पत्ति शुद्धीकरणले अनुसन्धान गर्न पत्राचार गर्ने निर्णय गरेको हो । अभियोग पत्रमा प्रतिवादीहरू छुटेको अवस्थामा प्रहरीको जिम्मा लगाउन माग गरिएको छ । प्रतिवादीको सम्पत्ति र राहदानी पनि रोक्का राख्न माग गरिएको छ । उनीहरुबाट २८ करोड बराबरको विगो माग गरिएको छ ।

यसैबीच नागरिक अगुवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा शंकास्पद केहीलाई अनुसन्धानमै नल्याईएको भन्दै आपत्ति जनाएका छन् ।पूर्वप्रधान्यायधीश अनुपराज शर्मा, पूर्वन्यायाधीश बलराम केसीसहितन केदारभक्त माथेमा, भोजराज पोखरेल मोहना अन्सारी र त्रिरत्न मानन्धरले संयुक्त विज्ञप्ति निकालेर प्रमाणबाट देखिएको वा देखिन सक्ने व्यक्ति जोसुकैलाई न्यायको कठघरामा ल्याउन माग गरेका हुन् ।
आम नागरिकको आक्रोशका कारण आउन सक्ने असहज अवस्था र त्यासले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुनु पर्ने उनीहरुले चेतावनी पनि दिएका छन् ।