देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजवंशीको नयाँ गित ’तिमी र म’ को म्युजिक भिडियो सार्वजनिक

देशान्तर

काठमाडौं । प्रा. डा. सुवासप्रसाद आचार्य र केकी अधिकारी अभिनय रहेको डा. ललितकुमार राजवंशीको नयाँ गित ’तिमी र म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डा राजवंशीको शब्द संगित रहेको ‘तिमी र म’ बोलको गीतमा स्वर पनि डा राजवंशीकै रहेको छ । म्युजिक भिडियोमा त्रिवि शिक्षण अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख प्रा. डा. आचार्यको जिवन्त अभिनय रहेको छ । डा आचार्यसँगै अभिनेत्री केकी अधिकारीको पनि उत्कृष्ट अभिनय म्युजिक भिडियोमा छ ।

गीतका लेखक तथा गायक डा राजवंशी विराट मेडिकल कलेजको आइसीयू विभागका प्रमुख हु्न् । डा आचार्यको यो छैटौं म्युजिक भिडियो हो । यसअघि ’यो मन दिएँ’ गितको म्युजिक भिडियोमा डा आचार्यले अभिनय गरेका थिए ।