देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणले के दिए बयान ?

देशान्तर

प्रतिवादीहरु मध्ये टेक नारायण पाण्डे नेपाल सरकारको सचिव भएको कारण चिनेको हुँ, नरेन्द्र के.सी. मेरो निजी सचिव थिए, टोप बहादुर रायमाझी संविधान सभा सदस्य, प्रतिनिधी सभा सदस्य र पूर्व मन्त्री समेत भएकोले चिनजान छ । म मिति २०७८ साल असार महिनाको २९ गते देखी मिति २०७९ पौष महिना सम्म रहँदा संविधान र कानूनको अधिनमा रही देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने लगायत मन्त्रीले गर्नु पर्ने काम गृहमन्त्रीको रुपमा कामकाज गरेको हुँ म गृह मन्त्री ईमान्दारीपूर्वक सम्पादन गरेको हुँ।

बरामद कालो रङको डायरीमा लेखिएको अंक र अक्षर मेरो हो। सो बाहेक अन्य २ वटा कालो रङ, एउटा खैरो रङको डायरी र सम्पत्ति विवरण भरीएका पाना–३८ समेत मेरो हो। भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थाई र दीर्घकालिन समाधानको उपायहरू पहिल्याउन बनेको बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन सोही कार्यदलका साथै सम्बन्धित निकाय र महाशाखालाई जानकारी होला ।
गृहमन्त्रालयको च.नं.८४३ मिति २०८०।१।२६ गतेको पत्र साथ प्राप्त कागजातहरू हेर्दा मिति २०७६-०७-०१ मा समितिले प्रस्तुत गरेको उपरोक्त प्रतिवेदनमा संयोजक बालकृष्ण पन्थी, विज्ञ गणेश बहादुर के.सी.रहेको २ जनाले दस्तखत गरेको प्रतिवेदनमा तत्कालिन मन्त्रीले तत्कालीन सचिवको नाममा प्रतिवेदनको अध्ययन तथा कार्यान्वयन अगाडी बढाउन हुन भनी तोक लगाई अगाडी बढाएको देखिन्छ ।

भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित पूर्व सह सचिव बालकृष्ण पन्धिको संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदन तत्कालिन गृह मन्त्रीको पालामा लिने कार्य भएको । भुटानी शरणार्थी समस्या स्थायी सामाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले दिएको प्रतिवेदन उपर थप छलफल भए पश्चात गरिएका निर्णयहरु कार्यान्वयनका लागी नेपाल सरकार, मन्त्रीपरिषद समक्ष प्रस्ताव पेश गर्न म वाट मिति २०७८१०८११२ मा स्वीकृत दिई सो प्रस्ताव मन्त्रीपरिषदमा पेश भएको हो ।

नेपाल सरकार कार्य सम्पादन नियामावली अनुसार सम्बन्धित विभागले प्रस्ताव उठाउने, सचिवले प्रस्ताव प्रस्तुत गर्छन, मन्त्रीले सदर गर्ने र मन्त्रिपरिषदले प्रस्ताव पारित गर्ने गरिएको छ। भुटानी शरणार्थी सम्बन्धी समस्या समाधानको उपायहरुको सम्बन्धमा प्रस्ताव मन्त्रिपरिषदमा पेश भयो। कागजातहरु के के पेश भए मलाई अहिले सम्झना भएन। नेपाल सरकार कार्य सम्पादन नियमावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीहरुको कार्य क्षेत्र तोकेको छ। मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ।

तसर्थ मन्त्रालयको अभिलेखहरुको सुरक्षा गर्ने जिम्मेवारी समेत तोकिएको छ, एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्तैन ।

मन्त्रालयको कागज पत्र प्रतिवेदन सम्झौतालगायत विभिन्न अभिलेख राख्ने निकाय छुट्याईएको हुन्छ, यो मन्त्रालयको प्रशासनिक जिम्मे हो। पूर्ववर्ति सरकारले भुटानी शरणार्थी समस्या स्थायी सामाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन तत्कालीन गृहमन्त्रीले बुझी कार्यान्वयनका लागी अगाडी बढाएको अवस्थामा भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानको उपाय सम्बन्धमा मन्त्रिपरिषदमा उक्त समयमा नै प्रस्ताव प्रस्तुत गरेको हो ।
उक्त प्रस्तावलाई नै निरन्तरता दिएको हो। म गृहमन्त्री भए पछी देशमा शान्ति सुव्यवस्था र अमनचयनका लागी गृहमन्त्रालयका उच्च पदाधिकारी र जिम्मेवारअधिकृतहरूलाई निर्देशन दिँदै आएको सर्वविदितै छ।

यसै सन्दर्भमा भुटानी यानि गतिविधी भगवन्न भनी त्यसका लागी पनि निर्देशन दिँदै आएको हुँ। शरणाहरुलाई मानवको पछिल्लो पटक भुटानी शरणार्थीहरुलाई अन्तराष्ट्रिय सहयोग रोकेकोलाई जीवन जिउन भएकोले त्यसलाई ध्यानमा राखेर शरणार्थीहरूले पनि सरकारी या सामुदायिक विद्यालय नपाउने आधारभूत स्वास्थ्य सेवाको अवसर प्रधान गर्नुका साथै सरकारी अस्पतालमा उपचारको सुविधा प्रदान गर्ने प्रचलित कानूनको अधिनमा रही कानूनको पालना गर्ने गरी स्थानिय तहको स्वीकृतमा सामान्य व्यापार व्यावसाय गर्नुका साथै कृषिजन्य उत्पादन गर्न सामुहिक खेतीका लागी जग्गा लिजको प्रबन्ध गर्ने लगायतका व्यवस्था गरी उनीहरूको जीवन जीवन बनाउन मन्त्रिपरिषदले भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानको उपायहरुको सम्बन्धमा प्रस्ताव पास गरीएको हो।

यो प्रस्ताव भुटानी शरणार्थीहरूको व्यवस्थापनका लागी असल मनसायले गरिएको हो । शरणार्थीका नाममा अवान्छनिय गतिविधी रोक्नका साथै कसैलाई पनि भ्रममा नपर्न मन्त्रालयले विभिन्न समयमा परिपत्र समेत गरेको थियो। यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, शरणार्थी समन्वय ईकाई बेलडाँगी झापाबाट मिति २०७८१०८०३ गते भुटानी शरणार्थी ि बेलडाँगीका सम्पूर्ण शिविर बासीहरुलाई सूचना निकाली जानकारी समेत गराईएको, यसै गरी समय–समयमा निर्देशनहरू पठाई रहेको हो ।

भुटानी शरणार्थी को नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाई दिन्छौ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन। म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदा समेत नेपालको छवी उच्च राख्ने काम गरेको छु। कोभिडको समयमा भुटानी शरणार्थी तथा तिब्बतियन शरणार्थी समेतलाई भ्याक्सिन लगाउन नेपाली नागरिकता हुनु पर्ने अवस्थामा समेत मैले पहल गरी निजहरुलाई भ्याक्सिन लगाउने कार्य गरेको हुँ। जसको अन्तराष्ट्रिय समुदायले समेत प्रशंसा गरेका थिए। गैह भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होईन, मैले सो कार्य सोच्न पनि सक्तिन भनी प्रतिवादी बालकृष्ण खाणले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।