देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली महिला भलिबल टिम सेमिफाइनलमा प्रवेश

देशान्तर

नेपाली महिला भलिबल टिमले राजधानीमा जारी एनएसी काभा भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

लगातार दोस्रो जित निकाल्दै नेपालले एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । नेपालको समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ । लगातार दुवै खेलमा पराजित भएका कीर्गिस्तान र बंगलादेश भने समूहचरणबाटै विदा भएका छन् ।
आज भएको आफ्नो दोस्रो खेलमा नेपलले बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्न सफल भयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा नेपालले पहिलो सेट २५–१० ले जितेका थियो भने दोस्रो सेटमा २५–८ ले बाजि मारेको थियो ।
यसैगरी तेस्रो सेट २५–९ ले जित्दै नेपाल सेमिफाइनलमा पुग्न सफल भयो । नेपालले अब समूह चरणको अन्तिम खेल भारतसँग खेल्ने छ ।

यो खेलको नतिजा पछि समूहको विजेता र उप विजेताको टुंगो लाग्ने छ ।

आजको खेलमा नेपालका ४ जना खेलाडीले डेब्यु गरेका छन् ।

मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पुजा चौधरी र लिवेरो शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।