देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिम घोषणा

देशान्तर

काठमाडौं । जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टिम घोषणा भएको छ।

प्रशिक्षक मोन्टी देसाईले २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन्। प्रारम्भिक टिममा कप्तान रोहित पौडेल , कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल र अभिनास बोहरा रहेका छन् । ।

नेपालको प्रशिक्षण भोलिदेखि सुरु हुनेछ। जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी साता दक्षिण अफ्रिका जाँदैछ।नेपाल क्रिकेट संघले नेपाली टिमलाई जेठ १७ गते दक्षिण अफ्रिका पठाउने तयारी गरिरहेको छ।

दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्नेछ। घरेलु मैदानमा प्रशिक्षण गरेपछि नेपालले विश्वकप छनोटका लागि १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गर्नेछ। नेपालले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्नेछ। नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि उतैबाट जिम्बावे पुग्नेछ।

जिम्बावेमा आगामी जुन १८ देखि सुरू हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टिमले भाग लिँदैछन्। दुई पटकको च्याम्पियन वेस्ट इन्डिज, पूर्वविजेता श्रीलंकासहित आयरल्यान्ड र जिम्बावेले प्रतियोगितामा भाग लिँदैछन्।
नेपालसहित ओमान र स्कटल्यान्डले लिग(२ बाट विश्वकप छनोटमा स्थान पक्का गरेका थिए। यस्तै युएई र अमेरिकाले लिग(२ बाट विश्वकप छनोटमा स्थान बनाउन नसक्दा क्वालिफायर प्लेअफबाट जिम्बावेको टिकट काटेका थिए। छनोट प्रतियोगिताबाट दुई टिम आगामी अक्टोबर(नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्नेछन्।