देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निजामती सेवा अतिक्रमण र आत्मसमर्पणको चपेटामा


बेलायतका तत्कालिन प्रधानमन्त्री Chamberlain ले सचिवहरुलाई भेला गरेर भन्नु भएको थियो : “मलाई स्पष्ट थाहा छ, हामी वेगर पनि तपाईहरु काम गर्न सक्नु हुन्छ तर मलाई यो स्पष्ट थाहा छ कि तपाईहरु वेगर हामीहरु चाही केही गर्न सक्दैनौ ’’ ।कति मर्मस्पर्शी र यथार्थपरक भनाई । निजामती सेवा स्थायित्व र ज्ञानको शक्ति , सूचनामा सहज पहँच ,राष्ट्रप्रतिको समर्पण, राष्ट्रियता प्रतिको सम्मान र जनताप्रतिको सेवाभावको उच्च आदर्शले प्रेरित भएर पनि यसो भन्नु भएको होला । तर नेपालमा पछिल्लो समय यसको ठिक विपरित राजनैतिक नेतृत्ववेगर निजामती सेवाको पात पनि हल्लिन सक्दैन भन्ने भाष्य स्थापित हुदै छ । राजनीति सवै नीतिहरुको माउँ नीति हो तथापी निजामती सेवामा वढ्दो आवश्यकता भन्दा वढी हस्तक्षेप  र निजामती प्रशासनिक उच्च नेतृत्वको आत्मसमर्पणवादी नीतिलाई विषयवस्तु वनाउन खोजेको छु ।

हिन्दीमा एउटा भनाई छ छोटी मुह वढि वात  । अर्थात साना मान्छेका ठूला कुरा । जे आरोप लागोस तर आज  धक फुकाएर नै लेख्न लाग्यो । तपाई भन्नुहोला तिम्रा कुरा कसले पो सुन्ला ? महाभारतमा महर्षि वेदव्यासले भन्नु भएको छ न च कश्चित शृणोति मे ( कसैले सुनेन भन्दैमा वोल्न छाड्नु हुन्न )। तसर्थ लेख्ने धृष्टता गरे । हुन त म अहिलेको मन्दीको समयमा ग्राहकको पर्खाईमा पसल कुर्नमात्र वसेको  dummy  जस्तो पनि त होईन । म मा पनि त विवेक, ज्ञान, अनुभव र चेतना  छ । निजामती सेवाको अग्रजहरुको वंशाणुगत गुण पनि त छ । मेरो पात्रमा होइन प्रवृत्तीका हजारौ विमती छन  म आज यहि विषयमा खुलेर  लेख्दैछु ।

समायोजनरुपी चक्रव्यूह  र By cycle Policy वाट  कतै टेक्ने वा समात्ने हाँगो नभएका, ठूला वडाको आशिर्वाद प्राप्त नभएका,  बबुरा ,निम्छारा कर्मचारीहरुलाई पापड पेले झै त पेल्यौ ,आज तपाइहरु राजनैतिक नेतृत्ववाट पेलिएको देख्दा दु:खीत छु ।  हामीहरु त केवल पेलियौ मात्र तर तपाईहरु त पेलिनु मात्र  भएन जिउदै चपाइनु भयो प्रमाणयुक्त कागजको चिर्कटोसंगै ।

किलामा वाँधेको गोरु चुटे सरह पहुँचविनाका मातहतका कर्मचारीहरुलाइ बृत्ती विकासमा अवरोध र प्रतिकुलको सरुवा गराएर आत्मरतीमा रमाउने र आफू भने जुनसुकै सेवा र शर्त स्वीकार गर्दै निजामती सेवाको आचारसंहिताको दाम्लो छिनालेर बुरुक्क उफ्रने र सहकारीलाई पछि पारे भन्दै पद हत्याउन रमाउने प्रवृत्तीले दिएको नतिजा घाम झै छर्लङ्ग छ ।

मन पराउनु र मायाँ गर्नु फरक कुरा हुन । मन पर्ने मान्छेले वगैचाको फूल टिपेर लान्छ भने मायाँ गर्नेले गोडमेल /मलजल गर्छ । नेताले तपाईहरुलाई माँया गरेर रोजाईमा किमार्थ पर्नु भएको होईन मन पराईएको मात्र हो । तानावाना वुनिएका कुकर्महरु तपाईवाट फत्ते गराउनु थियो । तर तपाईहरुले बुझ्नु भएन ।मरिहत्ते गर्नु भयो । महाभारतको १८ दिने रणसंग्राममा वार्वरिकले रणभूमीमा श्रीकृष्णवाहेक अरु कसैलाई नदेखे जसरी तपाइहरुले पनि खाली नेतागण मात्र देख्नु भयो ।  बिधि, प्रकृया, नियम ,कानून, समाज ,घर परिवार र  सिंगो निजामती सेवा देख्न सक्नु भएन । यसो हुनुमा तपाईको निजी स्वार्थ र jack of all master of non (सवै जान्ने विज्ञता नहुने) पनि हो भन्ने मेरो ठम्याई हो । निजामती सेवाका  कुशल अग्रज प्रशासकले सम्वन्धित क्षेत्रको अनुभव र ज्ञानको कमीको प्रसंग उठान गरी सजग गराउँदा तपाइको रिस र आवेग मिश्रित प्रतिउत्तरमा मेरो बहिर्गमनमा नतिजाले दिन्छ भनी हानेको झटारो झल्झली याद आइरहेको छ । अनपेक्षितरुपमा हासिल भएको मान सम्मानको पारा ठ्याक्कै खहरे जस्तो हुदो रहेछ ।  उर्लेको खहरेले वरिपरिका सवै कुरा बिगार्नु सम्म विगार्ने र त्यससंगै आफू पनि सुक्ने । पद प्राप्ती पछी सवै कुराहरुको ज्ञाता भईन्छ भन्नु गलत हो । तसर्थ पद प्राप्त गर्नु  र सफल हुनु  फरक कुरा हुन ।

तपाईहरु मध्येका एकथरी सेवामा रहुन्जेल राजनैतिक नेतृत्वको चाँकडीमा रमाउने र निवृत्तभरण पत्रको मसी सुक्न नपाउदै  अर्कालाई दोष थुपारेर नानाथरीका उपदेश दिदै पानी माथिको ओभानो  र विश्लेषक वन्न रुचाउने प्रवृत्ति र अर्कोथरी सेवा अवधिको जी हजुरिया ,आज्ञाकरीताको लाभांश  निवृत्तपश्चात पनि महत्वपूर्ण लाभको पद हत्याउने प्रवृत्ती नै धातक सावित  हुदैछ ।

तत्कालिन अर्थसचिव रामेश्वर खनालले नक्कली भ्याट विल प्रकरणमा श्रम वेच्ने तर इमान नवेच्ने भन्दै  सेवा वाट नै अप्रत्याशित वहिर्गमन के स्वच्छिक थियो र पक्कै थिएन नि । राजनैतिक नेतृत्वको थेगी नसक्नु दवाव थियो । गत वर्षको वजेटमा करका दर परिवर्तन प्रकरणको वहिर्गमन लगन पछिको पोते जस्तो अर्थहिन थिएन र ?

निजामती सेवाका उच्च धरोहर शरदचन्द्र पौडेल, शुसिल घिमिरे र शंकरप्रसाद अधिकारी जस्ता व्यक्तित्वहरुलाइ पनि अनायास सेवाको उत्तरार्धमा परिक्षणको कसीमा राख्नु वहाँहरुमाथिको  अन्याय होईन र ? सीताको पतिव्रताको अग्नि परीक्षा जस्तै त थियो वहाँहरुमाथिको आरोप ।

आजसम्मको सवैभन्दा लज्जित नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनैतिक व्यक्तित्वलाई जोगाउन शिर्षस्थ नेतृत्वले खेलेको अभिभाविकय भूमिकाले हिजोसम्म पानी वारावारको स्थितिको सम्वन्धलाई एउटै घाँटी वनाएको छ । अफ्रिकी जंगलमा ठूलो संख्याको अर्नाको समुहले आफ्ना वच्चाहरुलाई हिंस्रक वन्यजन्तुवाट जोगाउन गोलाकार घेराको सुरक्षा कवच भित्र राखेर शत्रुसंग सवै एकजुट भएर प्रतिकारमा उत्रेको झल्को दिने गरी अवोध कार्यकर्ताहरुलाई संरक्षणको छहारी प्रदान गरिनु तर निजामती सेवा Pin drops Silence मा हुनु यही नै फरक होइन र ?  यही नै होइन र निजामती सेवाको सुन्दरता । यस प्रकरणमा राजनैतिक नेतृत्व र विचौलियाहरुलाई अभियोजन हल्का र  कर्मचारीप्रति पल्ला भारी भएमा पनि अन्यथा केहि नमाने हुन्छ ।

आफूमात्र अग्लिन खोज्ने, आफ्नो वरिपरिको झार पनि उम्रन नदिने वनस्पती सल्लाको स्वभाव भएका ,मनोवल गिराइएका निजामती सेवाका सिपाहीका कमाण्डरहरु हो ! कमाण्डरले आत्मसमर्पण गरेपछी सिङ्गो फौजले आत्मसमर्पण गर्नु पर्ने रहेछ Chain of command को कारणले । सर्पले आधा निलिसकेको भ्यागुताले आफू नजिक भएको किरालाई आहार वनाउन टिप्न जिव्रो तन्काए झै गरि राजनैतिक नेतृत्व र विचौलियाहरुसंगको मिलिभगत व्यवहारले सिंगो निजामती सेवालाई  नै लज्जित र पीडावोध वनाएको छ ।