जिल्लाको एक मात्र छाँयानाथ रारा नगरपालिका नगर प्रमुख विष्णुकुमार भामले कुनै पनि औपचारिक कार्यक्रम गर्दा होस वा कुनै पाहुनाले ल्याउने खादा नलगाउने बताएका छन् । छायानाथ रारा नगरपालिकाकाले पहिलो पटक नागरिक र सरोकारवाला बिच सार्वजानिक सुनुवाई कार्यक्रम गरेका मेयर भामले खादा नलगाउने जनाएका हुन ।
निर्वाचित भएको एक वर्षसम्म आफूले कुनै पनि सेवा सुविधा नलिएको र आगामी दिनहरुमा सामान्य खादा पनि नलगाउने र प्रशोधित मिनिरल वाटर पानी पनि नखाने बताए । अहिले पनि गरपालिका आउने चैन धारोबाट पानी ल्याएर प्यास मेटाई रहेको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर प्रमुख भामले निर्वाचनका ताका नागरिक सामु गरेका बचन लाई आत्मसाथ गर्दे सानो रकम मौज्दात रहे पनि गरिब दुखीलाई केही राहत पुग्ने हेतुले सामान्य खादा, मिनरल वाटर प्रयोग नगरेको र भावी कार्यक्रमलाई सार्थकता पार्न आफूले ५ वर्ष सम्म पाउने सेवा सुविधाबाट एम्बुलेन्स किन्ने योजना पनि मेयर भामले जनाएका छन् ।
नगर प्रमुख भामले नगरपालिकाबाट मोबाइल खर्च, क्वार्टर, रासन खर्च पनि नलिएको बताए । सार्वजानिक कार्यक्रममा नागरिकले विभिन्न सुझाव राखेका थिए । नगर प्रमुख भामले हरेम हप्ता गर्ने आफ्नो दैनिकी कार्य तालिका सार्बजनिक गरेका छन् । उनले आईतवार्र, सोमवार, बुधवार र विहिवार कार्यालयमा रहने मंगलवार अनुगमन र शुक्रवार श्रमदान र सरसफाईमा रहने तालिका सार्वजानिक गरेका हुन ।
प्रतिक्रिया