देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा २ हजारको नोट प्रतिबन्ध

देशान्तर


भारत सरकारले २ हजार रूपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ । यसअघि नरेन्द्र मोदी सरकारले सन २०१६ मा १ हजार र ५ सयको नोटमा प्रतिबन्ध लगाउँदै २ हजारको नोट चलाउन सुरु गरेको थियो । सो नोट चलाउन सुरु गरेको ७ बर्षमा नै फेरी २ हजारको नोटमा प्रतिबन्ध लगाएको हो ।

भारतीय रिजर्भ बैंकले सो बारेमा जानकारी दिदै अब २ हजारका नोट बजारमा आउने छैनन् । बैंकका अनुसार आगामी सेप्टेम्बेर ३० सम्म भने २ हजारको नोटले मान्यता पाउने भए पनि सो पछि भने सो नोटको मान्यता हुने छैन् । रिर्जभ बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको नोट बैंकमा जम्मा गर्न तथा सटही गर्न आग्रह गरेको छ ।