काठमाण्डौ । सन् २०२६ को फिफा विश्वकपको लोगो सार्बजनिक भएको छ । फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका हुन् ।
। कार्यक्रममा विश्वभरका सेलिब्रिटीहरुको उपस्थिति थियो । ब्राजिलका विश्व विजेता रोनाल्डो नाजारियो दा लिमाले आफ्नो हातमा विश्वकप लिएर मञ्चमा निस्किए र इन्फान्तिनोसँग मिलेर लोगो अनावरण गरे । कार्यक्रममा तीन वर्षपछि हुने विश्वकपको फाइनल मितिसमेत घोषणा गरिएको छ । फाइनल खेल सन् १९ जुलाई, सन् २०२६ आइतबार हुनेछ ।
विश्वकपमा छनोट भएका सबै टिमहरुले आफ्नो टिम घोषणा गर्ने अन्तिम समयसीमा २५ मे, सन् २०२६ हुनेछ । पहिलोपल्ट फिफा विश्वकपमा ४८ टिमले प्रतिस्पर्धा गर्नेछन् । विश्वकपको १६ खेलस्थल पनि सार्वजनिक भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोले यो प्रतिष्ठित एक महिने प्रतियोगिताको आयोजना गर्नेछन् ।
प्रतिक्रिया