देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडे

मनाङले संकटा क्लबसँग पनि २–२ गोलको बराबरी खेल्यो

देशान्तर

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा फ्रेन्ड्स र मछिन्द्रले २–२ गोलको बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले दोस्रो हाफमा गोल गरेको थियो । खेलको ६८ औं मिनेटमा प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७१ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई १–१ गोलको बराबरीमा ल्याए ।खेलको ७८ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–२ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै मछिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ । मछिन्द्र तेस्रो स्थानमा रहेको छ । फ्रेन्ड्सले १९ खेलमा २१ अंक जोडेको छ । फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ ।

यसैगरी च्यासल मैदानमा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबसँग २–२ गोलको बराबरी खेलेको छ । मनाङको लागि कोफी कुडोले दुई गोल गरे । संकटाका युसेफ एट्रिस र मनिष डाँगीले एक एक गोल गरे । मनाङले दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । खेलको १९ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ४४ औं युसेफले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ४५ औं कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ५२ औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई २–२ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै मनाङले १९ खेलमा २३ अंक जोडेको छ । मनाङ सातौं स्थानमा उक्लिएको छ । संकटाले १९ खेलमा २२ अंक जोडेको छ । संकटा आठौं स्थानमा उक्लिएको छ ।