देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको कर्नाटक राज्यमा सिद्धारमैया नयाँ मुख्यमन्त्री बन्ने

देशान्तर

काठमाडौं । भारतको कर्नाटक राज्यमा सिद्धारमैया नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। भारतीय राष्ट्रिय कंग्रेसकाअध्यक्ष मल्लिकार्जुन खड्गे र पूर्वअध्यक्ष राहुल गान्धीबीच ७५ वर्षका सिद्धारमैयालाई कर्नाटकको मुख्यमन्त्री बनाउने सहमति भएको हो। कंग्रेसका प्रदेश अध्यक्ष डिके शिवकुमार उपमुख्यमन्त्री बन्नेछन्।

सिद्धारमैया र शिवकुमारलाई आधा(आधा कार्यकाल मुख्यमन्त्री बनाउनेबारे छलफल भए पनि निर्णय नभएको बताइएको छ। कंग्रेसको संगठन बनाउन र पार्टीलाई आर्थिक स्रोत जुटाउन शिवकुमारले महत्वपूर्ण भूमिका खेलेका छन्। सिद्धारमैया भने आम मतदातामा निकै लोकप्रिय छन्।मुख्यमन्त्री र उपमुख्यमन्त्रीको शपथ शनिबार मध्याह्न साढे १२ बजे हुने बताइएको छ। त्यसका लागि कंग्रेस विधायक दल सिएलपीको बैठक आज साँझ ७ बजे बोलाइएको छ।

एक साताअघि सम्पन्न विधानसभा निर्वाचनमा कर्नाटकामा कंग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ। २२४ सदस्यीय विधानसभाको १३६ सिट जित्दै कंग्रेसले एकल सरकार बनाउन लागेको हो।