काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । स्वास्थ्यमा सुधार भएसँगै राष्ट्रपतिले नै सरकारको नीति तथा कार्यक्रम बाचन गर्ने भएका छन् ।
यसअघि राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएकाले प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम बाचन गर्ने सार्वजनिक भएको थियो ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले दिएको जानकारी अनुसार राष्ट्रपतिले गर्नुपर्ने सबै राजकीय कामकारबाहीहरु गरिरहेको र नीति तथा कार्यक्रम पनि संसदमा गएर बाचन गर्ने देशान्तरलाई बताए ।
कार्कीले राष्ट्रपति पौडेल जेठ ५ गते संसदमा जाने र नेपाल सरकारको नीति तथा कार्यक्रम बाचन गर्ने जानकारी दिए । उनले नीति तथा कार्यक्रम बाचनका लागि राष्ट्रपति आवश्यक तयार भएको बसेको पनि बताए ।
प्रतिक्रिया