देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तारा अधिकारीको ‘हे बरै’

देशान्तर

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘हे बरै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । किशोर विश्वकर्माको स्वर र संगीत रहेको गीतमा शब्द तारा अधिकारीको रहेको छ । अडियो ल्यावमा रेकर्ड भएको गीतको संगीत संयोजन र मिक्स मास्टर दीपकराज बिश्वकर्माले गरेका हुन् ।
गीतकार अधिकारीकै निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा लक्ष्मण विक्रम बस्नेत, रश्मी भट्ट, विनोद सुनार, अनुजा अधिकारी, निमिशा घिमिरेको अभिनय रहेको छ ।
देव पुनको छायांकन रहेको म्युजिक भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । पुनम चौधरीको मेकअप रहेको छ । म्युजिक भिडियो सुनौलो तारा युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतकार अधिकारी पछिल्लो समय गीत लेखनसगैं निर्देशनमा पनि सक्रिय छिन् ।