काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बैठकमा सरकारको नीति तथा कार्यक्रमसहित पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारको नीति तथा कार्यक्रम र बजेटबारे हिजो पनि गठबन्धनका दश दलबीच प्रधानमन्त्रीले छलफल गरेको थिए। यस्तै, नागरिकता विधेयक, टीआरसीलगायको विषयलाई टुंग्याउन प्रधानमन्त्रीले पहल गरिरहेका छन्।
यसैबीच गठबन्धनको बैठक चलिरहेको बेलामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता श्रेष्ठ चौधरी बैठक छाडेर बाहिरिएकी छन्।
सर्वोच्च अदालतले जिल्ला उच्च अदालतकै फैसला सदर गरेपछि पार्टीका संरक्षक समेत रेशम चौधरीमाथिको कारबाही यथावत् राख्ने राखेको थियो। त्यही विषयमा छलफल गर्नका लागि चौधरीले डिल्लीबजारस्थित कारागारमा बोलाएको बैठकमा सहभागी हुन निस्किएकी हुन् । पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रीमान् भेट्न सुरक्षाकर्मीसमेत लिएर कारागार पुगेकी छन् ।
अहिले नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक डिल्लीबजारस्थित कारागारमा बसिरहेको छ । कैलालीको टिकापुरमा २०७२ सालमा भएको घटनाका प्रतिवादी रेशमलाल चौधरीलाई सफाइ दिन सर्वोच्च अदालतले अस्वीकार गरेपछि नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी बैठक बोलाएको हो ।
सत्ता साझेदारी दलको रूपमा रहेको नागरिक उन्मुक्ति सरकारमा रहने कि नरहने भन्ने विषयमा छलफल गर्न बैठक बसिरहेको सङ्गठन विभागका प्रमुख लक्ष्मणकिशोर चौधरीले बताए ।
प्रतिक्रिया