देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रजातान्त्रिक विचार समाजको बाह्रौ महाधिवेशन भोलि

देशान्तर

काठमाडौं । प्रजातान्त्रिक विचार समाजको बाह्रौ राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा समाजले आज राजधानिमा पत्रकार सम्मेलन गरेको छ ।समाजले गरिरहेका गतिबिधी र आगामी कार्ययोजना बारे समेत जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार सम्मेलनमा समाजले पछिल्लो नक्कली भुटानी प्रकरण राज्यद्रोहका स्तरमा भएको भन्दै यस प्रकररणमा जोडिएका जोकोहि माथिबिना मोलाहिजा निर्मम ढंगले कारबाहि गर्न सरकार र सम्बन्धित निकाय संग जोडदार माग गरेको छ ।
पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले समाजको स्थापना देखी हाल सम्मका गतिबिधी बारे प्रकाश पार्दै समाजमा हुने विकृति विसंगति र बेथितिका बिरुद्ध समाजले निरन्तर खबरदारी गर्दै आएको र आगामी दिनमा पनि खवरदारी गर्दै समाजको उद्धेश्य पुुर्ति गराउन दलगत आबद्धता भन्दा माथि उठेर वैचारिक बहस र छलफललाई निरन्तरता दिने बताए ।

त्यसैगरी प्रत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष डाक्टर केदारनरसिंह केसीले समाजको कुनै दलगत आबद्धता नरहेको प्रष्टयाए । कतिपयले कांग्रेसको शुभेक्छुक संस्थाका रुपमा समाजलाई लिने गरेको भन्दै केसीले समाज बिशुद्ध लोकतन्त्र,मानव अधिकार र प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध संस्था भएको स्पष्ट पारे ।

समाजको बाह्रौ महाधिवेशन यहि जेष्ठ तीन र चारगते बसुन्धराको दियालो पार्टी प्यालेसमा हुदैछ । महाधिवेशनको गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामबरण यादवले उदघाटनगर्ने तय भएको छ । देशभरका तीनसय बढि प्रतिनिधिको सहभागिता रहने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । २०५२ सालमा स्थापना भएको संस्थाले २०७२ सालदेखि प्रत्येक बर्ष प्रदान गर्दै आएको लोकतान्त्रिक योद्दा सम्मानबाट यो वर्ष डाक्टर सुरेश मल्ललाई सम्मानित गर्ने भएको छ । समाजले उक्त सम्मानका लागि १० लाखको अक्षयकोष खडा गरेको महासचिव गोकर्ण अर्यालद्धारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।