काठमाण्डौ । जिल्ला सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सकिएको छ ।
आज बयान सकिएलगत्तै उनलाई गाडीमा राखेर जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा अनुसन्धान गर्न खाँणलाई गएको वैशाख २७ गते प्रहरीले पक्राउ परेको थियो ।
गृहमन्त्री भएको समयमा भुटानी शरणार्थी प्रमाणीकरण तथा तेस्रो देशमा पुर्नवाका लागि बनेको कार्यदलको सक्कली प्रतिवेदन गायब पारेको र नक्कली प्रतिवेदन कार्यान्वयन गर्दै त्यसबापत लाभ लिएको आरोप खाँणमाथि छ ।
बयानका क्रममा उनले आरोप स्वीकार गरे नगरेको केही बताइएको छैन । कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ ।
प्रतिक्रिया