काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर जावलाखेल युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी खेलेको छ । आईतबार च्यासल मैदानमा जावलाखेलले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
जावलाखेलले ३३ औं मिनेटमा एनकोटो मासोबीको गोलमा अग्रता बनाएको थियो । ७५ औं मिनेटमा हिसुब थपलियाले जावलाखेलको अग्रतालाई दोब्बर बनाएका थिए । तर अन्तिम दश मिनेटको अन्तरमा दुई गोल गर्दै मनाङले लिग लिडरसँग अंक खोस्न सफल बन्यो ।
८० औं मिनेटमा विशन गुरुङले मनाङका लागि पहिलो गोल फर्काएका थिए । खेलको अन्तिम मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै जावलाखेललाई रोक्न सफल भए । विष्णु गुरुङ मुख्य प्रशिक्षकमा आएपछि मनाङ जित निकाल्न प्रयासरत छ । तर पछिल्ला चार खेलमा मनाङले बराबरी मात्र खेलेको छ । जावलाखेल ३१ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । मनाङ २२ अंक सहित सातौं स्थानमा छ ।
यसैगरी एन्फा क्म्प्लेक्समा भएको खेलमा खेलमा एनआरटी र फ्रेण्ड्सले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको २८औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए । तर ५८औं मिनेटमा फ्रेण्ड्सकै अमित तामाङले आत्मघाती गोल गर्दा एनआरटीले खेल बराबरी ग¥यो । ६६औं मिनेटमा अमितले नै पेनाल्टीबाट गोल गर्दै फ्रेण्ड्सलाई २–१ को अग्रता दिलाए । तर फेण्ड्सले दोस्रो पटक पनि अग्रता जोगाउन सकेन । ८९औं मिनेटमा निकोलस सोङले गोल गरेपछि एनआरटीले खेल २–२ को बराबरी गर्दै अंक खोस्न सफल भयो । बराबरीपछि १८ खेलबाट २२ अंक जोडेको एनआरटी आठौं स्थानमा उक्लेको छ । समान खेलबाट २० अंक जोडेको फ्रेण्ड्स रेलिसगेसन क्षेत्र छाड्दै ११औं स्थानमा उक्लेको छ ।
प्रतिक्रिया