देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयर बजार आज १७ अङ्कले घट्यो, ८ महिनायताकै तल्लो विन्दुमा झर्‍यो

देशान्तर

काठमाण्डौ । शेयर बजार आज १७ अङ्कले घटेको छ । झन्डै आठ महिनायताकै तल्लो विन्दुमा झरेको छ ।

आज आइतवार नेप्से १६ दशमलव ९५ अङ्कले घटेर एक हजार आठ सय २१ दशमलव ६५ विन्दुमा झरेको छ ।

गएको असोज ९ गते शेयर बजार परिसूचक नेप्से एक हजार आठ सय १५ विन्दुमा झरेको थियो, त्यसपछि नेप्से एक हजार आठ सय ३० विन्दुभन्दा तल झरेको थिएन ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय ६३ वटा कम्पनीको २७ लाख ८८ हजार कित्ता शेयर ९० करोड रुपैयाँमा कारोबार भएका छ ।

सबैभन्दा धेरै नागरिक लगानी कोषको पाँच करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्तको शेयर छ प्रतिशतभन्दा धेरै तथा दोर्दी हाइड्रो र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।