देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टी कहिलै पुरानो हुँदैनः शंकर पोखरेल

देशान्तर

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भविष्यको योजनामा काम गर्ने पार्टी कहिलै पुरानो नहुने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै उहाँले यस्तो बताउनुभएको हो ।

अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको बताउँदै भविष्यको काम गर्ने पार्टी कहिल्यै पुराना नहुने तर्क गर्नुभएको हो ।

पोखरेलले नयाँ हुनेबित्तिकै स्वतः विकल्प हुने, राम्रो र सफल हुन्छ भन्ने नहुने बताउनुभएको हो ।

पार्टीको मिसन ग्रासरुटले नयाँ गतिको आधार सिर्जना गरेको र एकीकृत शक्ति निर्माणको जग तयार गरेको महासचिव पोखरेलको भनाइ छ ।

यथास्थितिको दुश्चक्र तोड्नका लागि सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ता आवश्यक पर्ने उहाँको तर्क छ ।