देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनसरीमा सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्रदै प्रशासन, अधिकांश सटर बन्द

देशान्तर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्रेको छ ।

सो क्रममा सेवाग्राही ठग्ने ४ जना लेखापढी व्यवसायीलाई पक्राउ गरी प्रहरीले कारबाहीको सुरु गरेको छ ।

ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी व्यवसायीलाई पक्राउ गर्दै सर्वसाधारणबाट असलि गरेको रकम फिर्ता गराउन थालिएको हो ।

प्रशासनले पक्राउ परेकाहरुबाट सर्वसाधारणलाई ठगेर लिएको मोटो रकम समेत फिर्ता गराएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठगिएको गुनासो बढेसँगै छानबिन गरी दोषीउपर कारबाहीको प्रक्रिया अघि बढाएको बताउनुभयो ।

उहाँका अनुसार पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजारसम्म रकम लिएको पाइएको बताउनुभयो। सो रकम समेत सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको उहाँले बताउनुभयो ।

लेखापढी व्यवसायीको आचरण र व्यवहारको आधारमा सुनसरी प्रशासनले निगरानी बढाइएको छ । दर्ता बेगर सञ्चालनमा रहेका पसल तथा फर्म बन्द गरिएको प्रशासनले जनाएको छ ।