देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपाको विधान अधिवेशनमा झण्डै ८ सय प्रतिनिधि सहभागी हुने

देशान्तर

जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या ७७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी बुधबारको कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको हो ।

२ वा २ भन्दा बढि प्रतिनिधि हुने समिति र संगठनलाई महिलाको सङ्ख्या तोकिएको छ । मातहत समिति र संगठनहरुलाई जेष्ठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन जसपाले शुक्रबार परिपत्र जारी गरेको छ ।

 

केन्द्रीय समिति ४२३ जना, ७ प्रदेश समितिबाट ४९ जना, १० वटा राष्ट्रिय समितिबाट ५० जना, ३ वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट १३५ जना, ५ वटा महानगरपालिकाबाट ५ जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

ट्रेड युनियन महासंघ, विद्यार्थी, युवा,  महिला, कानून व्यवसायीबाट २/२ जना प्रतिनिधि हुने छन् । बौद्धिक पेसाकर्मी, उद्योग वाणिज्य महासंघ, किसान महासंघ, आदिवासी जनजाति महासंघ, खेलकुद महासघ, साँस्कृतिक महासंघ, पिछडा वर्ग महासंघ, शिल्पी दलित महासंघ, थारु संघ, मुस्लिम संघ, सुकुम्वासी संघ, प्रेस युनियनबाट १/१ जना प्रतिनिधि हुने छन् ।

बैठकले मधेस प्रदेश समितिलाई, प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरुलाई थप प्रतिनिधिको व्यवस्था गरेको छ । जस अनुसार मधेस प्रदेश समितिलाई ५ जना, प्रदेश १ का धनकुटा, मोरङ र सुनसरी जिल्लाबाट ४/४ जना, मधेस प्रदेशका प्रत्येक जिल्लाबाट ५/५ जना थप प्रतिनिधि रहने छन् । लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेलाई ४/४ जना थप प्रतिनिधिको व्यवस्था गरिएको छ ।

केन्द्रीय समितिले १० जना प्रतिनिधि मनोनयन गर्ने छ ।