देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीताप्रेस शताव्दीवर्ष महात्सव मनाइयो

देशान्तर

काठमाडौं । गीताप्रेस पुस्तकबिक्री केन्द्र काठमाडौंको व्यवस्थापनमा गीताप्रेस शताव्दीवर्ष महात्सव श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन गरी मनाइको छ ।
गीताप्रेस शताव्दीवर्ष महात्सवको अवसरमा अन्तर्राष्ट्रिय शाखा नेपालमा आयोजना भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत गत बैशाख २० गते पूजाएवं प्रसाद वितरण गरिएको थियो ।
नेपालमा गीता प्रेस शताव्दी वर्ष महात्सव कार्यक्रमको समापनका अबसरमा श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद वमोचन गरिएको हो ।
संसकृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्य र गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाको सभापतित्वमा भएको कार्यक्रममा गीता प्रेसबारे संक्षिप्त जानकारी गराइएको थियो । विशिष्ट आतिथि रहेका स्वामी प्रखरजी महाराजलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

प्रमुख अतिथि राज्यमन्त्री ठकुरी सनातन धर्मको क्षेत्रमा गीता प्रेसको योगदान अतुलनीय रहेको र सय वर्षको इतिहास आफैंमा एउटा गौरवमय भएको भनाई राखेकि थिइन् ।
कार्यक्रममा श्रीमद्भागवत महापुराणका नेपाली सम्पादक प्रा. शिवगोपाल रिसालले श्रीमद्भागवतको नेपाली अनुवादको विषयमा प्रकाश पारेका थिए ।