देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भुटानी शरणार्थी प्रकरणलाई राजनीतिको फन्डा नबनाउन केपी ओलीको सुझाव

देशान्तर

नेकपा एमालेमा अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिको फन्डा नबनाउन सुझाव दिएका छन् ।

विहीबारबाट ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले निष्पक्ष छानविन गर्नुपर्ने भन्दै सरकारमा रहेकाले यसलाई राजनीतिको फन्डा बनाउन नहुने बताउनुभएको हो ।

भ्रष्टाचारविरुद्ध सशक्त भएर लाग्ने नीति एमालेको भएकाले निष्पक्ष छानविन र अविलम्व अघि बढाउनका लागि उनले आग्रह गरे ।

उनले उक्त प्रकरणमा एमालेकै नेता लगायत विभिन्न व्यक्तिहरूको नाम आइरहेकाले भ्रष्टाचार गर्ने कार्यमा जोसुकै संलग्न भए पनि कारवाही हुनुपर्ने बताए ।

ओलीले आरोप लागेको व्यक्तिलाई दोषी करार गर्न नहुने भन्दै आरोपबाट भागे सन्देह उत्पन्न हुने भएकाले टोप बहादुर रायमाझीले अनुसन्धानमा सहयोग गर्नुपर्ने धारणा राखे ।

प्रतिशोध राखेर वा पूर्वाग्रहपूर्ण ढंगले फसाउने प्रयास भएको अवस्थामा एमाले सहेर नबस्ने उनले बताए ।

अध्यक्ष ओलीले अहिले कर्मचारीलाई तलब खुवाउन मुस्किल पर्ने अवस्थामा अयोग्य लडाकुलाई दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडि बढ्न खोजिरहेको आरोप लगाए ।

ओलीले अहिले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनेको मुख थुनिदिने प्रवृत्ति मौलाएको तर्क गरे ।

अमरेशकुमार सिंहले संसद्‍मा भ्रष्टाचारको विरोध गरेपछि उनका विरुद्ध अख्तियारमा उजुरी परेको उनले बताए ।

त्यस्तै ओलीले लामो समयदेखिको समस्यामा रुपमा रहेको भुटानी शरणार्थीलाई तेश्रो मुलुकमा पुनर्स्थापना गर्ने काम आफ्नै नेतृत्वमा भएको दावी गरे ।

दुई दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा बिभिन्न १० वटा एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ ।