काठमाडौं । राष्ट्रिय सभाको बैठमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँद अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताउनुभएको छ ।
उहाँले बैंकको ब्याजदर घटेसँगै व्यापारको लागि ऋण लिनेहरुको लागत कम हुने र व्यापार व्यवसाय फस्टाउने बताउनुभयो । लक्ष्यअनुसारको आर्थिक वृद्धिका लागि पुँजीगत खर्चको प्रभाव बढाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले सरकारकोतर्फबाट पनि पुँजी खर्च हुन नसक्नु र मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पुँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको बताउनुभयो ।
अर्थमन्त्री महतले आगामी वर्षको बजेट सिमित वर्गलाई मात्रै समेटेर नल्याउने स्पष्ट पार्नुभयो । उहाँले आगामी वर्षको बजेट एउटा वर्ग समूहलाई मात्रै लक्षित गरी नल्याउने प्रतिवद्धता जनाउनुभयो ।
मन्त्री महतले आगामी वर्षको बजेटका लागि श्रोत जुटाउने चुनौति सरकारलाई रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया