काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारमा लिङ्ग नजोडिने बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा. कार्कीले नेपाली कांग्रेसकी सांसद् डा. आरजु राण देउवातर्फ संकेत गर्दै भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ ? भन्दै प्रश्न गर्नुभएको हो ।
केही दिन अगाडि डा. देउवाले संसद बैठकमा भुटानी शरणार्थी प्रकरणको टेप काण्डको अनुसन्धान माग गर्दा महिला हिंसा भन्दै गुनासो गर्नुभएको थियो ।
साथै उहाँले भुटानी शरणार्थी प्रकरणका दोषिलाई पक्राउ पुर्जी जारी गर्दा समेत जोगाउन खोजिएको बताउँदै काण्ड गरेर देश डुबाउने अनि के मुखले अनुदान माग्न जाने ? भन्दै प्रश्न गर्नुभयो । ।
सांसदहरूको सम्पति विरवरण समेत वेवसाइटमा सार्वजनिक गर्न समेत उहाँले माग गर्नुभयो ।
प्रतिक्रिया