काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १० हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सय रूपैयाँले बढेर एक लाख ११ हजार २ रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख १० हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार ४४५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया