देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपा पूर्वसांसद ढाकाकुमारको मुद्दामा अल्पकालीन अन्तरिम आदेश

देशान्तर

काठमाडौं । रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अल्पकालीन अन्तरिम आदेश भफैसला भएको छ । उक्त आदेश दिएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ ।

आज सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख गरेको हो ।

आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरूद्ध पूर्वसांसद ढाकाकुमार श्रेष्ठले दिएको रिट दिनुभएको थियो ।

ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो ।

मन्त्री हुनलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो ।

श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका छन्। ।