काठमाडौं । आज नेप्से सूचक १६.९३ अंकले घट्दै १८ सय ३३.६९ अंकको विन्दुमा ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्ज अनुसार अघिल्लो दिनको तुलनामा आज कारोबारमा भने केही वृद्धि भएको
हो ।
आइतबार १९ अंकले नेप्से घटेकोमा दोस्रो दिन पनि पुनः १६ अंकमाथिले घट्न पुगेको छ ।
आज १६ अंकले नेप्से घट्दै गर्दा यता ८२ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिन १९ अंकले नेप्से घट्दै गर्दा जम्मा ६० करोड ८१ लाख ३५ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।
आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । होटल तथा पर्यटन समूहको उपसूचक २.४४ प्रतिशतले घटेको छ भने आज हाइड्रोपावर समूहको उपसूचक १.८९ प्रतिशतले घटेको छ ।
वीयन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज ८.०५ प्रतिशतले वृद्धि भएको छ भने स्टन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घट्न पुगेको छ ।
प्रतिक्रिया