देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुलुकलाई पपुलिस्ट नभई यथार्थपरक बजेट आवश्यक छः ज्ञानेन्द्रबहादुर कार्की

देशान्तर

काठमडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई पपुलिस्ट नभई यथार्थपरक बजेट आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको प्रिबजेट छलफलमा बोल्दै सांसद कार्कीले यस्तो बताउनुभएको हो ।

ृउहाँले मुलुकका अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेकाले पपुलिस्ट भन्दा यथार्थपरक बजेट आवश्यक रहेको बताउदै बढ्दो मुद्रास्फिती, कमजोर आर्थिक वृद्धिदर र उपभोग्य वस्तुको बढ्दो आयातका कारण मुलुकको अर्थतन्त्र संकटग्रस्त बनेको र यसलाई समाधान गर्नेगरी बजेट ल्याउनुपर्ने बताउनुभयो ।

आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तय नहुने बताउँदै आगामी बजेटको मुख्य उद्धेश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने उहाँको भनाई छ ।