देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा झर्नुको जिम्मेवारी गठबन्धन सरकारले लिनुपर्छः विष्णु पौडेल

देशान्तर

काठमाडौें । नेकपा एमालेका सांसद विष्णु पौडेलले आर्थिक वृद्धिदर खस्किनुमा गठबन्धनको सरकारले जिम्मेवार लिनुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० सिद्धान्त र प्राथमिकताबारेको छलफलमा बोल्दै पौडेलले ६.५ प्रतिशत पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा झर्नुको जिम्मेवारी गठबन्धनले लिनुपर्ने बताउनुभएको हो ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेललले ०७४ दिख ०७६ सम्मका तीन आर्थिक वर्षमा औषतमा ६.५ प्रतिशत हाराहारीमा रहको बताउँदै चालु आर्थिक वर्षमा सात वा ८ प्रतिशत हुँदै डबल डिजिटमा पुग्नुपर्ने बताउनुभएको हो ।

पौडेलले गत वर्षको यही समयमा संकलन भएको राजस्व अहिले संकलन भएको राजस्वभन्दा १३ प्रतिशत कम रहेको बताउनुभयो ।

राजस्व परिचालन निकै लाजमर्दो अवस्थामा रहेकाले गत आवको यो अवधिमा ८ खर्ब १७ अर्ब राजश्व संकलन भएकामा चालु आवको सोही अवधिमा ७ खर्ब ८ अर्बमा मात्रै सिमित भएको उहाँको भनाई छ ।