देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पत्ति छानबिनको माग गर्दै सांसद सिंहविरुद्ध अख्तियारमा उजुरी

देशान्तर

काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहविरुद्ध सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आरजु देउवानिकट नेपाली कांग्रेसका नेता विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिनुभएको हो ।

कांग्रेसमा राजनीति गरेका अमरेश २०६३ पछि मूलधारमा देखिन थाल्नुभएको हो ।

सिंहलाई पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

त्यसयता उहाँले ठूलो आर्थिक फड्को मारेको र निर्वाचनमा मतदाता पनि किनेको दाबी उजुरीमा गरिएको छ ।