देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रिजाल केन्द्रीय सदस्य

देशान्तर

नेपाली कांग्रेसका नेता एवम् चौधौं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार डा.मीनेन्द्र रिजाल पार्टीको केन्द्रीय कार्य समिति सदस्यमा मनोनीत भएका छन् । डा. रिजाललाई सभापति शेरबहादुर देउवाले महाधिवेशनको झन्डै डेढ वर्षपछि केन्द्रीय सदस्य मनोनयन गरेका हुन् ।
कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा १ बमोजिम रिजाललाई केन्द्रीय सदस्यमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१४औं महाधिवेशनमा उनी शेखर कोइराला समूहबाट महामन्त्री उम्मेदवार बनेका थिए । दुई जना महामन्त्री निर्वाचित हुनुपर्नेमा तेस्रो भएका डा. रिजालले त्यसलगत्तै रक्षामन्त्रीबाट पनि राजीनामा दिएका थिए । त्यतिबेला देउवा नै प्रधानमन्त्री थिए ।

पदाधिकारीमा उम्मेदवार रहेका अन्यलाई केन्द्रीय सदस्य मनोनीत गरे पनि देउवाले रिजाललाई भने मनोनीत गरेका थिएनन् । आफ्नो समूहका नभएको र सरकारबाट राजीनामा दिएर असहयोग गरेको आरोप उनीमाथि लगाइएको थियो । अघिल्लो आम निर्वाचनबाट मोरङबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचन जितेका रिजाललाई यसपालि भने देउवाले टिकट पनि दिएका थिएनन् । रिजालको क्षेत्रमा सुजाता कोइरालालाई उम्मेदवार बनाइएको थियो तर, उनी पराजित भइन् ।