काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले भ्रष्टाचारका फाइल खोलेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कदमको प्रशंसा गर्नुभएको छ ।
पार्टीनिकट महिला संगठनको एकता महाधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले सरकारले ठूला भ्रष्टाचारका फाइल खोले समर्थन गर्ने बताउनुभएको हो ।
उहाँले उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताउनुभएको छ ।
प्रतिक्रिया