काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले उद्योग व्यवसायको विकास र विस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको सुरूवात गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित नेपाल बिजनेश समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामि आर्थिक वर्षको बजेटमा कृषि र उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने प्रतिवद्धता जनाउनुभएको हो ।
हाँले कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास गर्न आवश्यक रहेको पनि बताउनुभयो ।
उहाँले तीब्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावर, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरुमा स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।
उहाँले वर्तमान अवस्थामा नेपालमा आर्थिक स्थिति सुदृढीकरण हुँदै गएको बताउनुभयो । कृषिलाई उच्च प्राथमिकता दिएर मात्रै देशको समग्र उद्योग र अर्थतन्त्रलाई सुदृढीकरण गर्न सकिने बताउनुभयो ।
प्रतिक्रिया