काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ ।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक घण्टा बढी लामो छलफल गरेपछि एमाले अधयक्ष ओलीले यस्तो बताउनु भएको हो ।
सोही क्रममा उहाँले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको स्पष्ट पार्नुभयो ।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको अवस्थाबारे आफू अनविज्ञ रहेको बताउनु भयो ।
प्रतिक्रिया