काठमाडौं । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउनेविरुद्धको कारबाही नरोकिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी गर्नुभएको छ ।
आज सिंहदरबारमा एमालेका अध्यक्ष ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
उहाँले अभियुक्तहरुको खोजी र कारबाही नरोकिने बताउनुभयो ।
एमाले अध्यक्ष ओलीले तपाईँसँग टोपबहादुर रायमाझीलाई बचाउन आग्रह गर्नुभएको हो ? भन्ने प्रश्नमा संचारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले अस्ति र आज ओलीसँग यो विषयमा कुराकानी भएपनि आफू दबाबमा नपरिकन काम गर्ने बताउनु भएको छ ।
प्रतिक्रिया