देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजार– २० अंकले नेप्से घट्दा २ अर्ब ८९ करोडमा कारोबार

देशान्तर

काठमाडौँ । यो साताको सेयर बजार पनि निकै कमजोर स्थितिबाट गुज्रिएको छ ।

कूल नेप्से सूचकमा २० अंकको गिरावट हुँदा कारोबार २ अर्ब ८९ करोडमा झर्न पुगेको हो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार यस्तो नेप्से सूचक १८ सय ८९।७५ अंकको विन्दुमा अडिएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता २०।०३ अंकले नेप्से सूचक घट्दै १८ सय ६९।७३ अंकको विन्दुमा झर्न पुगेको छ ।

सातामा २०.३ अंकले नेप्से घट्दै गर्दा यता २ अर्ब ८९ करोड ६९ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साताको चार दिन खुलेको बजारमा तीन दिन लगातार माइनसमा गएको नेप्से सूचक अन्तिम दिन बिहीबार एक दिन मात्र १२.७३ अंकले बढेको छ ।

आइतबार १९।०९ अंकले घटेको नेप्से मंगलबार र बुधबार क्रमश ४।२६ अंकले र ९।४१ अंकले घटेको थियो । सोमबार भने मे १, अन्तर्राष्ट्रिय श्रमिक बिदाको दिन हुँदा बजार बन्द रह्यो ।