एजेन्सी । अमेरिकाको डेल्टा एयरलाइन्सको विमानमा मौरीको हुल पसेपछि उडानमा लगभग तीन घन्टाको ढिलाइ भएको छ ।
अमेरिकाको ह्युस्टनबाट एटलान्टाका लागि उड्न तयार डेल्टा एयरलाइन्सको विमानमा मौरीको हुल पसेपछि उडानमा लगभग तीन घन्टाको ढिलाइ भएको हो ।
उडान ढिलाइ भएकोमा डेल्टाले यात्रुहरूसँग माफी मागेको छ ।
ती मौरीहरूलाई कसरी विमानबाट हटाइयो भनी डेल्टाले जानकारी दिएन । तर यात्रुरहित विमानलाई गेटबाट हटाएर अलिक पर लगी मौरीहरू धपाइएको थियो ।
मौरीहरूलाई नमारिकन अनि विमानको भित्री भागलाई विषाक्त नबनाइकन हटाउँदा ढिलाइ भएको हो ।
प्रतिक्रिया