काठमाडौं । सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्वलाई अझै बुझ्न नसकिएको बताउनुभएको छ ।
आज राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सूचनाको महत्वलाई उजागर गरी आम नागरिकका सूचनाको अधिकार प्राप्त हुनुपर्ने बताउनुभएको हो ।
उहाँले सूचनाको हक सबैले पाउनुपर्ने कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने र प्रभावकारी बनाउने कुरामा सबै सरोकारवाला निकायले जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले सूचनाको पहुँच जति धेरै जनतामा पुग्छ त्यति नै प्रजातन्त्रको प्रभाकारी रुपमा कार्यान्वयन हुने बताउनुभयो ।
सार्वजनिक गरिएका विषयहरुको सूचना नागरिकस्तरमा विस्तार गर्न आवश्यक रहेको र जनताको सूचना पाउने हकको सुनिश्चित हुनुपर्ने सभामुख घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया