एजेन्सी । सर्वियाको राजधानी बेलग्रेडमा एक जना किशोरले स्कुलमा अन्धाधुन्द गोली प्रहार गर्दा १३ जनाको हत्या गरेका छन् ।
गोली प्रहारबाट ६ बालबालिका र एक जना शिक्षक घाइते भएका छन् । भने उहीहरुको अस्पतालमा उपचार भइरहेको छ ।
मारिनेहरुमा आठ जना विद्यार्थी र पाँच जना स्कुलका सुरक्षा गार्ड रहेका छन् ।
बेलग्रडस्थित एक प्राथमिक विद्यालयमा पढ्ने १३ वर्षीय ती किशोरले बुधबार बिहान कक्षा सुरू हुनासाथ गोली बर्षाएका थिए ।
सुरूमा गार्डमाथि गोली हानेर उनी कक्षामा प्रवेश गरी सहपाठीहरुमाथि गोली प्रहार गरेका थिए । त्यसपछि अर्को कोठामा गएर गोली प्रहार गरेका थिए ।
उनलाई रोक्न आएका सुरक्षा गार्डहरुमाथि पनि गोली चलाएका थिए ।
कक्षामा मारिनेहरुमा सात जना छात्रा र एक छात्र रहेको बताइएको छ ।
गोली प्रहार गरेपछि उनी आफैलें पुलिसलाई खबर गरेर आफूलाई गिरफ्तार गर्न भनेका थिए ।
प्रतिक्रिया