एसवाई प्यानल नेपाल र एसवाई बजारले काठमाडौंको गोंगबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्री र नगदगरी दुई लाख बराबरको सहयोग गरेको छ ।
सो वृद्धाश्रममा ५० जना वृद्ध–वृद्धाहरु आश्रय लिएका छन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख ५० हजार बराबरको खाद्यान्न र नगद ५० हजार हस्तान्तरण गरेको एसवाई प्यानलका निर्देशक शशी साहले जानकारी दिए।
यस संस्थाले वितरण गरेको खाद्य सामग्री र नगदबाट कम्तिमा डेढ महिना वृद्धाश्रम आश्रय लिएकाहरुको भोजनको प्रबन्ध हुने समन्वयकर्ता सरला पन्तले बताइन् ।
एसवाई प्यानल र एसवाई बजार एक सामाजिक संस्था हो । यसले स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
यस संस्थाले प्रत्येक महिनामा सामाजिक उत्तरदायित्व वहन गर्न सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका विभिन्न सकारात्मक परिवर्तन ल्याउन अझै प्रभावकारी कार्यक्रम गर्ने निर्देशक साहले बताए ।
प्रतिक्रिया