काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एसिया कप क्रिकेट नेपालमा गराउने पहल थाल्न माग गरेको छ ।
महामन्त्री डा. मुकुल ढकालले आज विज्ञप्ति जारी गर्दै प्रतियोगिता कहाँ हुने भन्ने अन्यौल देखिएकाले समूह चरणका खेलहरू नेपालमा गराउन पहल थाल्न आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यसलाई एजेन्डा बनाउन पनि रास्वापाले माग गरेको छ ।
प्रतिक्रिया