काठमाडौँ । प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने बार एसोसिएसनले चेतावनी दिएको छ ।
प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ ।
मङ्गलवार नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभएको छ ।
उहाँले आन्दोलन एक हप्तासम्म जारी रहने बतानुभयो ।
कानुन व्यवसायीहरूले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, सर्वोच्च अदालत र सबै अदालतहरूमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।
प्रतिक्रिया