देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युक्रेनको रक्षा मन्त्रालयले देवी कालीको तस्बिर ट्विट गरेपछि भारतमा हंगामा

देशान्तर

एजेन्सी । युक्रेनको रक्षा मन्त्रालयले देवी कालीको आपत्तिजनक तस्बिर ट्विट गरेपछि भारतमा निकै हंगामा मच्चिएको छ ।

गत आइतबार युक्रेनको रक्षा मन्त्रालयले देवी कालीको आपत्तिजनक तस्बिर ट्विट गरेपछि भारतमा निकै हंगामा मच्चिएको हो ।

यसै विषयलाई लिएर भारतीयहरूले सामाजिक सञ्जालमा यसलाई हिन्दूफोबिक भन्दै कडा आपत्ति जनाएका छन् । त्यसपछि युक्रेनी रक्षा मन्त्रालयले लगत्तै उक्त कार्टुन हटाएको छ ।

भारतीय सूचना तथा प्रसारण मन्त्रालयका वरिष्ठ सल्लाहकार कञ्चन गुप्ताले कार्टुनले विश्वभर फैलिएका हिन्दूहरुको भावनामाथि प्रहार भएको भन्दै आलोचना गरेका छन् ।

भारतीय संचार माध्यमहरुका अनुसार यसपछि आज युक्रेनले कार्टुनका लागि माफी मागेको छ ।

युक्रेनका उपविदेशमन्त्री एमिन झापरोभाले आफ्नो एउटा ट्वीटमा युक्रेनको रक्षा मन्त्रालयले हिन्दूहरुका देवी कालीको बारेमा गरेको ट्विटप्रति खेद व्यक्त गरेकी छन् ।

युक्रेनको रक्षा मन्त्रालयले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट ट्वीटमा दुई तस्बिरको कोलाज ट्वीट गरेको थियो ।

भारतीयहरुले युक्रेनले रुसविरुद्ध भारतको समर्थन नपाउनुको कारण यही हो समेत भन्न भ्याएका छन् ।

युक्रेनका उपविदेशमन्त्रीले यसबारे माफी माग्दै ट्वीट गरेकोमा त्यसमा भारतीय सूचना तथा प्रसारण मन्त्रालयका वरिष्ठ सल्लाहकार गुप्ताले युक्रेनी सरकारले हिन्दू देवताहरूको जानाजानी उपहास गर्नु भनेको आपसी सम्मान र मित्रताको बाटो होइन भनेका छन् ।