देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साइबर सुरक्षामा सरकार संवेदनशील छः रेखा शर्मा

देशान्तर

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षामा सरकार संवेदनशील भएको बताउनुभएको छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नारासहित मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विशेष समारोहमा बोल्दै उहाँले साइबर सुरक्षामा सरकार गम्भिर भएको बताउनुभएको हो ।

विगतमा सरकारी वेबसाइटहरूमाथि भएको साइबर हमलासहितका घटनाहरूबाट पाठ सिकेर सरकारले यथाशीघ्र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने उहाँले बताउनुभयो ।

मन्त्री शर्माले सूचना प्रविधि पछिल्लो समय मानव जीवनको अत्यावश्यक साधन बनेको बताउनुभयो ।

सूचना प्रविधिको प्रयोगले आमनागरिकको जीवनलाई सहज र सकारात्मक परिवर्तन आएको उहाँको तर्क छ । राज्यले नागरिकलाई पु¥याउने सेवा प्रवाहलाई प्रविधिले सहज र सरल बनाएको मन्त्री शर्माले बताउनुभएको छ ।

सबै नागरिकमा सूचना प्रविधिको समान पहुँच विस्तारका लागि सरकार प्रतिवद्ध रहेको पनि मन्त्री शर्माले बताउनुभयो ।

सूचना तथा सञ्चार प्रविधि सम्बन्धी उपकरणहरूमा सरकारले लगाउने करको दर घटाउनु पर्ने मन्त्री शर्माले बताउनुभयो ।