देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईएमएफले नेपाललाई सात अर्ब दिने

देशान्तर

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीफएफ)अन्तर्गत करिब सात अर्ब रुपैयाँ दिने भएको छ ।

वासिङटन डीसीमा बसेको आईएमएफको बोर्ड बैठकबाट ईसीएफको दोस्रो किस्ताअन्तर्गत पाँच करोड २८ लाख अमेरिकी डलर ९करिब ६ अर्ब ८९ करोड रुपैयाँ० उपलब्ध गराउने निर्णय गरेको हो ।

०७८ सालमा आईएमएफले ईसीएफअन्तर्गत नेपाललाई ३८ करोड ४८ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । नेपालले सर्तअनुसार काम नगरेको भन्दै आईएमएफले दोस्रो किस्ताबापतको रकम निकासा रोकेको थियो ।

आईएमएफको ऋण सहयोग नेपालको आर्थिक विकास र सुधारका लागि प्रयोग हुने जनाइएको छ । आईएमएफले नेपालका बैंकहरूको कर्जाको गुणस्तरका बारेमा समेत प्रश्न उठाएको छ । नेपालले चालु आर्थिक वर्षमा ४.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने आईएमएफको प्रक्षेपण छ ।

कोरोनापछि पुनरूत्थान भइरहेको अर्थतन्त्रमा चुनौती थपिएको आईएमएफको निष्कर्ष छ । आईएमएफको सर्तअनुसार नेपालले ठूला १० बैंकका लेखापरीक्षण बाह्य फर्मबाट गराउनुपर्नेछ ।

आईएमएफले दिएको रकम नेपालको अर्थतन्त्र सुधारका लागि प्रयोग हुने र नेपालका सरकारी अधिकारीले यसमा प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।