काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभएको छ ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गर्नुभएको हो ।
सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नगरेको तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले सहरी विकास मन्त्रालयले सिंहदरवारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकदारले काम नगरेको उल्लेख गर्दै सरकार र ठेकदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
त्यस अवसरमा ओलीले श्रमिकहरुबीच फाटो ल्याउने प्रयास फेरी पनि भइरहेको उल्लेख गर्दै मजदुरको हक, हित र उनीहरुको जायज माग सम्बोधन गर्न उनीहरुको बीचको एकता सबैभन्दा ठूलो बल भएको उहाँले स्मरण गराउनुभयो ।
प्रतिक्रिया