काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि तयार रहे सांसद स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने बताएको छ ।
तर यसका लागि प्रधानमन्त्री पनि तयार हुनुपर्ने पार्टीको भनाइ छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा पनि यस विषयमा छलफलमा पार्टीले यसअघिकै मन्त्रालय पाए सरकारमा जाने तयारी गरेको छ ।
शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर ठोस निर्णय गरिने प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।
बैठकका निर्णय सार्वजनिक गर्दै उहाँले रास्वपाले यसअघि पाएकै मन्त्रालय दिन र सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री तयार भइसकेको जिकिर गर्नुभएको छ ।
उहाँले अब पार्टी सत्तामा रहन्छ वा प्रतिपक्ष भन्ने विषय शुक्रबारसम्म टुंगो लाग्ने बताउनुभयो ।
प्रतिक्रिया