काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति विकृत हुँदै भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउनुभएको छ ।
आज काठमाडौँमा एकीकृत ट्रेड युनियनको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।
उहाँले राजनीतिमा अनेकौँ फोहोर जम्दा विकृत बनेको बताउनुभएको हो ।
अध्यक्ष नेपालले भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष तथा श्रमजीवी सर्वहाराको पक्षमा आफ्नो पार्टी उभिन चाहेको भन्दै ट्रेड युनियनका कार्यकर्तालाई पनि त्यस दिशामा केन्द्रित गर्न निर्देशन दिनुभयो
प्रतिक्रिया